नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सहुलियत दिने सम्झौता

पाेखरा | जेठ १३, २०८२

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सहुलियत दिने सम्झौता

पोखरा  — नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ।

 

अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
 

सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरे ।
 

सम्झौता अनुसार ल्याब टेस्ट, बेड चार्ज, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजी (ECG) र एक्स–रे सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
 

यस सम्झौताले कोषसँग जोडिएका कर्मचारी र परिवारका लागि स्वास्थ्य सेवा सजिलो र किफायती हुने अपेक्षा गरिएको छ। साथै, कोषले आफ्ना कर्मचारीको हितका लागि गर्दै आएका प्रयासमा यो सम्झौताले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।
 

सम्झौता हस्ताक्षर कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्