नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सहुलियत दिने सम्झौता
पाेखरा | जेठ १३, २०८२
पोखरा — नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ।
अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार ल्याब टेस्ट, बेड चार्ज, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजी (ECG) र एक्स–रे सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
यस सम्झौताले कोषसँग जोडिएका कर्मचारी र परिवारका लागि स्वास्थ्य सेवा सजिलो र किफायती हुने अपेक्षा गरिएको छ। साथै, कोषले आफ्ना कर्मचारीको हितका लागि गर्दै आएका प्रयासमा यो सम्झौताले थप योगदान पुर्याउने विश्वास लिइएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

